क्यानडासँगको खेल जित्न नेपाल एले पायो २४१ रनको लक्ष्य

८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ […]

सम्बन्धित सामग्री

नेपाल र भारतबीचको खेल सुरु, भारतलाई १४५ रनको नयाँ लक्ष्य

एसिया कपमा नेपाल र भारतबीचको खेल पुन सुरु भएको छ। वर्षाका कारण ओभर घटाएर खेल सञ्चालन हुने भएको छ।

नेपाल र भारतबीचको खेल सुरु, भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् । खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो […]

खेल रद्द भए नेपाल फाइनलमा पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतसँग वर्षाको कारण खेल हुन नसके नेपाल फाइनलमा पुग्ने भएको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ । वर्षाको कारण पुन कभर ढाकिएकोछ । टियुमा अहिले वर्षा […]

नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन

काठमाण्डाै – विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन भएकाे छ । वर्षाका कारण खेल नतिजाविहीन भएकाे छ ।  नेपालले दिएकाे एक सय ९८ रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले ४ बलमा चार रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि फेरि खेल सुरु नसकेपछि नतिजाविहीन भएकाे हाे ।  याेसँगै दुवैले एकएक अङ्क बाँडेका छन् । नेपाल २१ खेलमा १८ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ भने २८ खेल खेलेकाे नामिबिया ३३ अङ्कसहित चौथो स्थानमा ...

नेपाल र नामिबियाबीचको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबिया र नेपालबीचको खेल वर्षाको कारण रद्ध भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा ४ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि पुन खेल सुरु हुन सकेन । खेल रद्ध भएपछि नेपाल […]

सामान्य लक्ष्य पाएको नेपाल वर्षाको कारण बाहिरियो

मलेसियाको किनरारा एकेडेमी ओभलमा भएको नेपाल र युएईबीचको पहिलो एसिसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । ८२ रनको सामान्य लक्ष्य पाएको नेपाल सेमिफाइनलबाट बाहिरिएको छ । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।

नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल ‘टाइ’

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको छ । अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल ‘टाइ’ भएको हो । मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन […]

धेरै खेल जित्ने लक्ष्य छ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत अमेरिका भ्रमण गर्दैछ । टिमका कप्तान सन्दीप लामिछानेले उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य भएको बताएका छन् । अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ ।जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । अमेरिकामा हामी उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य छ । हामी त्यसैका लागि प्रयास गर्नेछौ ।  विश्वकपको यात्राका लागि हामीलाई यो सिरिज मह

पिएनजीविरूद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं : नेपालले आज पपुवान्यूगिनी (पिएनजी)सँगको दोस्रो एक दिवसीय खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ।पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा विजयी लक्ष्य साथ मैदान उत्रिँदा पिएनजी जितलाई निरन्तरता दिने ध्याउन्नमा हुनेछ। शुक्रवार भएको खेलमा नेपाल ६ रनले पराजित भएको हो।पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाएको थियो। नेपालका रोहित पौडेलले १२६ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए। रोहितको यो अन्तर्राष्ट

नेपाल र मरिससबीच पहिलो मैत्रीपूर्ण खेल आज

काठमाडौं : नेपालले आज अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै छ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसस र नेपालको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।खेल शनिबार दिउँसो ४:४५ बजे सुरु हुनेछ। दुवै टिम सुखद् नजिताको लक्ष्य लिएर मैदान उत्रिने छन्। केही सातादेखि तयारी गरिरहेको नेपालले अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको छ।खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छ