नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत अमेरिका भ्रमण गर्दैछ । टिमका कप्तान सन्दीप लामिछानेले उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य भएको बताएका छन् । अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ ।जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । अमेरिकामा हामी उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य छ । हामी त्यसैका लागि प्रयास गर्नेछौ । विश्वकपको यात्राका लागि हामीलाई यो सिरिज मह