काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सङ्घले कांग्रेसको केन्द्रीय परिचालन समितिको निर्णयाअनुसार आज एक सय ४८ सदस्यीय समिति गठन गरेको सङ्घका सभापति उषाकुमारी रावत ९मिश्र०ले जानकारी दिए । […]