सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गजेन्द्रबहादुर हमाललाई नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनाइएको दावी गरेका छन् । काँग्रेसको तर्फबाट हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रीमा नियुक्त गरेको उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि बताए ।
नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनको दावी थियो । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क ...