प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा एक जना गैर सांसदलाई पनि सरकारमा सहभागी गराएका छन् ।
अहिले राजनीतिमा सक्रिय नरहेका गजेन्द्र हमाल देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा हमाल मन्त्री बनेको स्रोतले बतायो ।
यसअघि प्रधानन्यायाधीश जबराको कोटामा दीपक तिमल्सिना मन्त्री बन्न लागेको चर्चा थियो । तिमल्सिनाको नाममा चर्को विवाद भएपछि हमाललाई अगाडि सारिएको हो ।
चौतर्फी विरोधका बावजुद प्रधानमन्त्री देउवाले हमाललाई मन्त्री बनाएका हुन् ।&nb...