नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगमन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट हमाल मन्त्री बनेको चर्चा भएपछि प्रचण्डले अनावश्यक चर्चा गर्नुको कुनै तुक नभएको बताएका हुन् ।
शनिवार भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा उनले गैरसांसद पनि मन्त्री भएको ६ महिनाभित्र सांसद हुने व्यवस्था भएका बताए ।
‘उहाँ कांग्रेसकै कोटाबाट मन्त्री हुनु भएको हो, होहल्ला गर्नु आव...