पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले गृह नगर रौतहटको मौलापुर बजारमा विभिन्न चोकको नामकरण गरेका छन्। साहको सुझावमा मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले ऐतिहासिकता, मौलिकता र आधुनिकताको आधारमा चोकहरूको नामकरण गरेको हो। सोही निर्णय अनुसार मंगलबार एक समारोहबीच नेता प्रभु साहको प्रमुख आतिथ्यमा विधिपूर्वक नाम सहितको बोर्डहरू ५ स्थानमा स्थापना गरिएको छ। मौलापुर पुरातात्त्विक महादेव स्थानमा अद्भूतनाथ चोकको नामले नामकरण गरिएको छ ।