सर्वोच्च अदालतमा भूमि आयोग खारेज गरेको विरोधमा रिट निवेदन दर्ता भएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरेको थियो । आयोग खारेजीविरुद्ध अधिवक्ता प्रवेश केसीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको हो ।