कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए।
एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दा कतै बजेट फालाफाल हुन थालेको छ भने कतै तलब खान नपाएर स्वास्थ्यकर्मीको बेहाल भएको छ । सङ्घीय सरकार मातहत रहेको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट नहुँदा मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको छ । घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन । झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोग कोभिड, मलेरिया, एचआइभी जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाउनुभयो ।
पर्साको पोखरीया नगरपालिकास्थित पोखरीया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले दसैंमा पनि तलब नपाएको गुनासो गरेका छन्। नगरपालिकाका जनप्रतिनिधिहरुको स्वार्थका कारण अहिलेसम्म नगरसभा हुन नसक्दा स्वास्थ्यकर्मी मर्कामा परेका हुन्।
स्वास्थ्यकर्मीले चालु आर्थिक वर्ष २०७८/०७९...
देशको भेरी अस्पतालमा समेत चिकित्सक र नर्स गरी १ सय कर्मचारीले साउनदेखि नै तलबभत्ता पाउन सकेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था पनि उस्तै छ ।
गत वर्ष कोरोनाको उपचारमा खटिएका गुल्मीका स्वास्थ्यकर्मीले अहिलेसम्म तलव पाउन सकेका छैनन् ।बिहीबार गुल्मीमा बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले गत वर्ष कोरोनाको परीक्षण तथा उपचारमा खटिएका कर्मचारीलाई अहिलेसम्म तलब खुवाउन नसकिएको गुनासो पोखे ।स्थानीय तहका प्रमुखहरुलाई लक्षित गर्दै उनले भने, ‘तपाइँहरुको निर्णयअनुसार ल्याब सञ्चालन गरिएको थियो तर पैसा नआउँदा मैले स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म तलब खुवाउन सकिनँ ।’को
लहान : सिरहाको जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब नपाउँदा समस्या परेको गुनासो गरेका छन्।
नेपाल स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक रायले सिरहा नगरपालिका क्षेत्रका स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहायकदेखि स्वास्थ्यकर्मीहरूले तलब नपाउँदा समस्या भएको गुनासो गरे।...