पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उनले भने, “संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’ जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान तयार रहेको उनले प्रष्ट पारे । सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा न