सर्लाही । सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । संस्थाले हरिपुरमा इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । हरिपुर नगरपालिकाको वडा नं. २, ५ र ६ का अतिविपन्न , दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत […]
एजेन्सी – चीनले अफगानिस्तानको निमरोज प्रान्तका चार सय ५० विपन्न परिवारलाई सहायता सामग्री प्रदान गरेको छ । मानवीय सहायतास्वरुप चीनले प्रदान गरेका सहायता सामग्री प्रान्तीय अधिकारीहरूले आज हस्तान्तरण गरेका हुन् । प्रान्तीय प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रमुख मल्लवी मोहम्मद कासिम मोहम्मदका अनुसार खाद्यान्न अभावका कारण छटपटिएकाहरूलाई चामल र गहुँलगायत खाद्यान्न प्रदान गरिएको छ […]
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–११ कटिगाउँका ६५ विपन्न घर–परिवारलाई सोमबार नेपाली सेनाले कम्बल वितरण गरेको छ । भेरी नगरपालिका–११ का विपन्न परिवारलाई चिसोबाट जोगाउन सेनाले कम्बल तथा विद्यायलयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । गरिबीको रेखामुनि रहेकालाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको तथा शिवशंकर माध्यमिक विद्यालय जगतिपुरमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको […]
जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा पाल्पाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उहाँले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गर्नुभएको छ । यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ । काकिमीले दैनिक मजदुरी गरेर खाने र घरको आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न पाउदा …
निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए१ ले राहत वितरण गरेको छ ।काठमाडौं महानगरपालिका–८ जय वागेश्वरी क्षेत्रमा बसोबास गर्ने ३० विपन्न परिवारलाई चामल १/१ बोरा, दाल, नून, तेललगायत अत्यावश्यक सामग्री वितरण गरिएको क्लबका ‘जोन चेयरपर्सन’ तिलककुमार श्रेष्ठले जानकारी द...
असार १५, चितवन । चितवन चेम्बर्स अफ कमर्सले ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ र ५ का चेपाङ समुदाय र विपन्न परिवालाई राहत सामग्री तथा मास्क वितरण गरेको छ ।
चितवनको एकमात्र गाउँपालिकामा ती समुदायको दैनिक जीवनयापनमा सहज होस् भन्ने हेतुले सोमवार ६० घरधुरीलाई उक्त सामग्री वितरण गरिएको हो ।
वितरण कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता समुदायलाई लक्षित गर्दै राहत सामग्री वितरण गरिएको बताए । ‘हामीले निषेधाज्ञाको समयमा अझैपनि मानिसहरु भोकै छन् भन्ने सुन्यौ, राहतको लागि अनुरोधसँगै हामी राहत सामग्री लिएर आईपुग्यौं ।’ श्रेष्ठले भने । निषेधाज्ञाले व्यवसायी आफैँ समस्या परेपनि आफूहरुले यस्ता सामाजिक कार्यमा सक्दो सहयोग गर्दै आईरहेको उनको भनाइ छ ।
सो अवसरमा बोल्दै वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालले यस पालिकामा अधिकांश समुदाय गरीबीको चपेटामा रहेको भन्दै यस्ता सहयोगले त्यस्ता समुदाय र घरधुरीको चुल्हो बाल्न सहयोग पुगेको बताए । यस्तो विषम परिस्थितिमा विभिन्न निजी तथा गैह्र सरकारी संस्थाले सासको लागि सिलिण्डर र गासको लागि राहत सामग्री सहयोग गर्दै स्थानीय सरकारसँग हातेमालो गरेकोमा आभार प्रकट गरेको बताए ।
वितरण कार्यक्रममा चेम्बरका उपाध्यक्ष गोपाल भट्टराई, सचिव, बालकुमार श्रेष्ठ, कोषाध्यक्ष निर्मला पण्डित सदस्य रुवीन रामुदामु, महेश तिवारी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ ।
कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उनले जानकारी दिए ।
उक्त खाद्यान्न नेपा...