वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा

४ असोज, काठमाडौं । विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले विस एचआर सलुसन नामको म्यानपावर कम्पनीका सञ्चालकसहित पाँच जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । विदेश पठाइदिन्छु भनी रकम लिएका ४३ जनालाई विदेश नपठाइ ठगी गरेको आरोपमा विभागले विस एचआर सलुसन, यसका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, अमृत श्रेष्ठ, लालबहादुर श्रेष्ठ […]

सम्बन्धित सामग्री

दुई सय पाँच म्यानपावर कम्पनी खारेज हुँदै

वार्षिक एक सयजना कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने दुई सय पाँचवटा म्यानपावर कम्पनी खारेज गर्ने तयारी गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ र वैदेशिक रोजगार नियमावली, २०६४...

म्यानपावर कम्पनी वर्गीकरण : २७ वर्षदेखि चर्चामै सीमित

काठमाडौं : सरकारले म्यानपावर कम्पनीको वर्गीकरण गर्ने योजनाअगाडि सारेको करिब तीन दशक पुग्नै लाग्यो। विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वर्गीकरणको एजेण्डा ल्याउने गर्दै आएका छन्। तर‚ म्यानपावर व्यवसायीको दवावका कारण उक्त एजेण्डा लामो समयदेखि सिंहदरबारभित्रै रुमल्लिएको छ।पछिल्लोपटक श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कृष्णकुमार श्रेष्ठले पनि वर्गीकरणको एजेण्डालाई निरन्तरता दिएका छन्। सरकारले वर्गीकरण गर्ने बताउँदै आएको पनि व्यवसायीले भने स

म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आज गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन

काठमाडौं, माघ २० । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन गरेको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन यसो गर्न लागिएको जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजीव पोखरेलको […]

सरकारले खारेजीबाट जोगायो ७०० भन्दा बढी म्यानपावर कम्पनी

१६ असार, काठमाडौं । सरकारले महामारीका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७०० भन्दा बढी म्यानपावर कम्पनी खारेज हुनबाट जोगाएको छ । असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कम्तीमा १००/१०० जना श्रमिक नपठाएका म्यानपावर कम्पनी नवीकरण गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु […]

सबै म्यानपावर कम्पनी नवीकरण हुने

काठमाडौं :  सरकारले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने व्यवस्था गरेको छ। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो।जसले गर्दा ७३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन्। विभागका अनुसार हाल ८५४ वटा कम्पनी सञ्चालनमा रहेका छन्। नियमित प्रक्रियाबाट नवीकरण गर्नका लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरिसकेको छ, जसअनुसार कम्पनीले प्रत्येक

७३१ म्यानपावर कम्पनीहरु खारेजीको संघारमा

८ असार, काठमाडौं । महामारीका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७३१ वटा म्यानपावर कम्पनी खारेजीको संघारमा पुगेका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कम्तीमा २ सय जना श्रमिक पठाएको प्रमाणसहित दर्ता नवीकरणको लागि आह्वान गरेको छ । तर, १२३ वटा म्यानपावर कम्पनीले मात्रै पछिल्ला दुई […]