माग सम्बोधन गराउन हरवा–चरवाहरु प्रदर्शनमा (फोटोफिचर)
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको छातामुनी गोलबद्ध हुँदै मधेस प्रदेशका आठ जिल्लाका हरवा–चरवाहरु ६ बुँदे माग सम्बोधन गराउन प्रदेश राजधानी जनकपुरमा सडक प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री […]
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षकहरूको मागलाई आगामी बजेटमार्फत सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। महासंघले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण पत्र बुझाएकाे हाे। ध्यानाकर्षण पत्रमा शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्ने, दरबन्दी सिर्जना गरि विद्यालय कर्मचारीहरूलाई दरबन्दीअनुसार तलब भत्ता उपलब्ध गराउन माग गरेको छ।त्यस्तै, शिक्षक कर्मचारीहरूको तलब मासिक रूपमा भुक्तानी गर्नुपर्ने पनि उनीहरूको माग छ।‘शिक्षक कर्मचा
काठमाडौं : प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन नभएको भन्दै कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। कर्मचारीहरूले नायब सुब्बा बचाउ अभियानको पहलमा सोमबार बिहान मन्त्रालय घेराउ गरेका हुन्।सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले जनकारी दिए। कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा एकरूपता
किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । ‘कृषि प्रधान देशमा किसानलाई मल, बीउबिजन उपलब्ध नहुनु बिडम्बना हो । माना रोपेर मुरी फलाउने बेलामा सरकार कानमा तेल हालेर बसेको छ ।यसकारण कृषि ज्ञान केन्द्रमार्फत हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने ।‘एकातिर चर्को मूल्य वृद्धि छ भने अर्कोतिर
उद्योग व्यापार संगठन रुपन्देहीले किसानहरुका समस्या सम्बोधन माग गर्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान केन्द्र रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको हो ।किसानहरुलाई रासायनिक मल छिटो उपलब्ध गराउनलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
एमाले महासचिव शंकर पोखरेलले पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् ।एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् । ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ पोखरेल
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन् । महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भन
राष्ट्रिय उपभोक्ता मञ्चले दसैं तिहारको चाडबाडमा चिनीको आपूर्ति व्यवस्था सहज गराउन माग गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखिएको पत्रमा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अत्यन्त विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान गठबन्धन सरकारलाई देश र समाजमा विद्यमान बिगतका समस्याहरु समाधान गर्ने जटिल उतरदायित्व रहेको भन्दै आपूर्ति सहजताका लागि अनुरोध गरिएको छ ।प्रधानमन्त्रीको तर्फबाट बुद्दिमानीपूर्वक समाधानका […]
वीरेन्द्रनगर (अस) । राउटे समुदायले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर खाद्यान्न उपलब्ध गराउन माग गरेका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको माग गर्न राउटे मुखियासहितको टोली शुक्रवार मुख्यमन्त्री कार्यालयमा पुगेको थियो ।
‘जंगलमा सिकार पाइँदैन, जनताहरू भोक–भोकै छन्,’ राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्नको व्यवस्था गरिदिनुप¥यो ।’ उनीहरूले त्रिपाल, लगायत लत्ता कपडाको पनि व्यवस्था गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । वर्षाको समय शुरू हुन लागेकाले राउटेले बन्दोबस्तीका यस्ता सामग्री उपलब्ध गराउन माग गरेका हुन् । भेटपछि मुख्यमन्त्री शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामान बन्दोबस्त गरिदिने आश्वासन दिए । सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले हप्ता दिनभित्र राउटे समुदायका माग सम्बोधन हुने बताए । फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन् । यहाँ राउटे समुदायमा ३६ घरपरिवारका १४५ जना छन् ।