बजेटमार्फत शिक्षककाे माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षकहरूको मागलाई आगामी बजेटमार्फत सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। महासंघले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण पत्र बुझाएकाे हाे। ध्यानाकर्षण पत्रमा शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्ने, दरबन्दी सिर्जना गरि विद्यालय कर्मचारीहरूलाई दरबन्दीअनुसार तलब भत्ता उपलब्ध गराउन माग गरेको छ।त्यस्तै, शिक्षक कर्मचारीहरूको तलब मासिक रूपमा भुक्तानी गर्नुपर्ने पनि उनीहरूको माग छ।‘शिक्षक कर्मचा