काठमाडौँ। चितवनको माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल हुने भएको छ। तालमेल अनुसार मेयरमा एमालेका उम्मेदवार तथा उपमेयरमा राप्रपाका उम्मेदवार हुने भएका छन्।
सहमतिको लागि एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।