उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर्मचारीको वार्षिक आन्तरिक कार्य प्रगतिको मूल्याङ्कन सार्वजनिक गरेको छ । जसमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनी उत्कृष्ट भएका छन् । मन्त्रालय अन्तर्गतका १५ सचिव, महानिर्देशक र सहसचिवको कार्यप्रगति रिपोर्टमा महानिर्देशक पुडासैनी उत्कृष्ट भएका हुन् ।उनले गत आर्थिक वर्षमा कुल १५ वटा योजनाको जिम्मा लिएकोमा ७ वटा योजना सम्पन्न गरेर कुल १०० अंकमा ९२ प्राप्ताङ्क ल्याएका छन् । यस्तै उनले जिम्मा लिएका अन्य ७ वटा योजना सम्पन्न हुने क्रममा रहे