खेलाडी गुरुङलाई रु दुई लाख सहयोग - Purbeli News

धरान / अभ्यासका क्रममा लडेर घाइते भएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उनकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उनको उपचारका लागि सो नगद सङ्कलन गरिएको हो । सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र...

सम्बन्धित सामग्री

‘जीतपुर सिमरा गोल्ड कप २०७९’मा जगदम्बा स्टील्सको प्रायोजन

काठमाडौं । जगदम्बा स्टील्सको मुख्य प्रायोजनमा १३औं ‘जीतपुर सिमरा गोल्ड कप २०७९’ हुने भएको छ । नव जनजागृति युवा क्लब सिमरा बाराको आयोजनामा हुने गोल्ड कप सिमरा रंगशालामा हुनेछ । चैत ९ देखि चैत १८ गतेसम्म चल्ने गोल्डकपको लागत रू. १ करोड ६ लाख अनुमान गरिएको छ । गोल्डकपका लागि जीतपुर सिमरा उपमहानगरपालिले रू. २० लाख सहयोग गरेको छ । प्रतियोगितामा प्रथम हुने समूहले रू. १० लाख र द्वितीय हुनेले रू. ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडी मोटरसाइकल पुरस्कार दिइनेछ । विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फील्ड, फरवार्ड, प्रशिक्षक र हाई स्कोररलाई रू. २० हजार उपलब्ध गराइने आयोजकले बताएको छ । प्रत्येक दिन उत्कृष्ट खेलाडीले रू. १० हजार र स्थानीय उदीयमान खेलाडीले रू. १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

शेरबहादुरलाई पाँच लाख सहयोग प्रदान

तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आर्थिक सहयोग प्रदान गरेको छ ।

महिला क्रिकेटर कवितालाई उपचारका लागि सिप्यानले १ लाख सहयोग गर्ने

काठमाडौं । महिला क्रिकेट खेलाडी कविता गौतमको उपचारका लागि नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले १ लाख रूपैयाँ सहयोग गर्ने भएको छ । कविताको चोट र जीवन कहानीमा बनेको डकुमेन्ट्री हेर्ने कथाबाट समाचार पाएपछि संघले उनलाई सहयोग गर्ने निर्णय गरेको बताएको छ । संघले शुक्रबार प्रेसविज्ञप्ती जारी गर्दै सहयोग गर्ने घोषणा गरेको हो । लडेर खुट्टामा […]

क्रिकेटर कविता गौतमलाई एक लाख सहयोग गर्ने सिप्यानको घोषणा

२६ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले महिला क्रिकेटर कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । चोट कारण मैदान बाहिर रहेकी उनी हाल आर्थिक संकटमा छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि समेत समस्या परेको खबर आएको थियो । लगतै सिप्यानले गौतमको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने […]

च्यारिटी बास्केटवल खेलेर घाइते खेलाडीको उपचारमा २ लाख सहयोग

अभ्यासको क्रममा घाइते भएका प्रदेश नं १ का बास्केटवल खेलाडी प्रदिप गुरुङलाई सहयोगार्थ आयोजित च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेल आयोजना गरि २ लाख रुपैयाँ सहयोग गरिएको छ।

क्यान्सर पीडित कसुमीलाई सशस्त्र प्रहरीबाट तीन लाख सहयोग

इलाम : एपिएफ क्लबका पूर्व खेलाडी एवं प्रशिक्षक नरकुमार राईकी क्यान्सर पीडित छोरी कसुमीको उपचारका लागि सशस्त्र प्रहरी बलले तीन लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित विभिन्न बाहिनी, गण र सांस्कृतिक शाखाबाट गरी तीन लाख १८ हजार २० रुपैयाँ सहयोग प्राप्त भएको नरकुमार राईले बताए। ...

भलिबलमा नयाँ प्रतिभा खोजीका लागि २० लाख सहयोग

विद्यालय स्तरमा नयाँ प्रतिभाको खोजी र पहिचान गर्न यहाँको एक संस्थाले जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ । गौमती खत्री विकास अक्षय कोषले भलिबल सङ्घलाई वार्षिक रूपमा दुई लाखका दरले दश वर्ष सम्म सहयोग गर्ने भएको हो । उक्त सहयोगले विद्यालय स्तरमा भलिबल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने आशा गरिएको छ ।