आगामी बुधवारबाट सरकारले देशभर कोभिड–१९ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोप बुधवारदेखि लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्री त्रिपाठीले खोप अभियानको शुभारम्भ बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जानकारी दिए ।
‘कोभिड–१९ विरुद्धको संघर्षमा हामी महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछौं,’ उनले भने, ‘कोभिड–१९ खोप अभियानको पहिलो चरणमा प्राथमिकताम...