कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभर खोप अभियान सञ्चालन भइरहेको छ । सर्वसाधारणले कोरोना खोपको व्यग्र प्रतीक्षा गरिरहेका छन् ।
तर बेलायतमा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ प्रेमीले प्रेमिकालाई कोरोना विरुद्धको खोप नलगाउन धम्की दिएका छन् ।
स्थानीय सञ्चारमाध्यम ‘मिरर यूके’मा प्रकाशित रिपोर्टअनुसार सामाजिक सञ्जाल रेडडिटमा ती युवतीले राय मागेकी छन् । कोरोनाको पहिलो डोज खोप लगाइसकेकी ती युवतीलाई प्रेमीले दोस्रो डोज नलगाउन धम्की दिएका छन् ।
ती युवतीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘प्रेमीले मलाई दोस्रो...