काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कोरोनाविरुद्धको खोपको तीनदिने बुस्टर डोज अभियान सम्पन्न भएको छ । गत आइतबारदेखि मंगलबारसम्म महानगरका ३२ वटै वडामा खोप अभियान सञ्चालन गरेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिककी इन्चार्ज सिर्जना खरेलले जानकारी दिइन् । कोरोनाविरुद्धको खोपको दुई मात्रा लगाएर बुस्टर डोज लगाउन छुटेकालाई अमेरिकाको फाइजर खोप लगाइएको उनले बताइन् । यसअघि कोभिशिल्ड […]