कैलाली सुख्खडका दीपेन्द्र ओलीले १५ वर्षको कलिलै उमेरमा फरक–फरक आवाज निकाल्ने कला प्रस्तुत गर्दा हौसला दिने कोही थिएनन् । बरु केही काम नपाएर बौलाइरहन्छ भन्दै धेरैले आलोचना गर्थे ।
तर अहिले समय फेरिएको छ । ओलीलाई देश–विदेशबाट कला प्रस्तुत गर्न निम्तो आउने गरेको छ ।
‘शुरूमा मेरो कलालाई कसैले पत्याएनन्,’ उनले भने, ‘अहिले देश–विदेशका विभिन्न ठाउँमा गएर आफ्नो कला देखाउन भ्याइँ–नभ्याइँ छ ।’
ओली पछिल्लो समय ११३ प्रकारका आवाज निकालेर चर्चित छन् । नेपालका चर्चित नेता, कलाक...