काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीशहरु र नेपाल बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिने भएको छ ।
जबरासँगको बयान सकिएपछि उनले विभिन्न प्रश्नको जवाफ दिने क्रममा मुछेका पूर्वन्यायाधीश र बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिन लागेको हो ।...