प्रधान सेनापतिको सम्पत्ति– काठमाडौंमा १३ रोपनी पैत्रिक जग्गा, ललितपुरमा घडेरी र १३ तोला सुन

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको सम्पत्ति विवरणअनुसार काठमाडौंमै उनको झण्डै १३ रोपनी पैत्रिक सम्पत्ति रहेको देखिएको छ । नेपाली सेनाको वेबसाइटमा राखिएको विवरणअनुसार उनको हकदावी लाग्ने अचल सम्पत्तिअन्तर्गत आमा सुभद्रादेवी पौडेलको नाममा काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ मा ८ रोपनीभन्दा बढी पैत्रिक सम्पत्ति छ । आमाको नाममा नागार्जुन नगरपालिका– ४ मा रहेको साढे २ तलाको घरले चर्चेको १९०.७७६३ वर्गमिटर जग्गा छ । आमाको नाममै सोही वडामा ४३२४.२६ वर्गमिटर जग्गा, ...

सम्बन्धित सामग्री

आठबीसकी निवर्तमान उपमेयरको सम्पत्ति- दुई ठाउँमा घडेरी, ४० तोला सुनचाँदी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाकी निवर्तमान उपप्रमुख दीपा बोहोराले आफ्नो पाँचवर्षे कार्यकाल सकिएसँगै सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको विवरणमा बैंक खातामा तीन लाख ८ हजार ६३५ रुपैयाँ मौज्दात रहको उल्लेख छ । यस्तै उनको दुई ठाउँमा गरी १४ लाखको घडेरी, १५ तोला सुन र २५ तोला चाँदी रहेको पनि उल्लेख गरेकी […]

मुख्यमन्त्री राईको खातामा ८६ लाख नगद, कानून मन्त्रीको बजारभरी घडेरी

माघ ६, विराटनगर । प्रदेश  नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दम्पत्तीको बैंक खातामा ८६ लाखभन्दा बढी नगद रहेको खुलेको छ । मुख्मयन्त्री राईले पेश गरेको सम्पत्ती विवरणमा उक्त बराबरको नगद रहेको उल्लेख गरेका छन् । यद्यपि मन्त्रीहरूले पेश गरेकोभन्दा सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्रीकै देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार रुपैयाँ र आफ्नो नाममा दुई ओटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख छ । राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत स्कुलको स्वामित्व विक्री र माइती पक्षबाट पाएको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । केदार कार्कीको बजारभरी घडेरी यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको भने मोरङका विभिन्न ठाउँमा ११ ओटा घडेरी देखिएको छ । बुढीगंगा गाउँपालिका–२ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी उनको नभई पत्नी शान्तादेवी बस्नेतको नाममा छ । विराटनगर महानगरपालिका–७ को मुख्य बजार क्षेत्रमा ६ ओटा घडेरी र विराटनगर–९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा छ । बुढीगंगा गाउँपालिका–२ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा छ । कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनकी पत्नी कृषि विकास बैंकको जागिरे हुन् । बुढीगंगाको घर जग्गालाई पैत्रिक रहेको विवरण पेस गरेका कार्कीले बुढीगंगाको घडेरी जागिर, बोनस र ऋण गरेर किनेको उल्लेख गरेका छन् । विराटनगरको सात ओटा ठाउँको जग्गा भने घडेरी र जमिन बिक्रीबाट खरिद गरेको उल्लेख गरेका छन् । उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ ओटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ छ । आर्थिक मामिलामन्त्री आङ्बोले बढाए ४२ लाख ऋण आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि जनाएका छन् । दोस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४२ लाख ऋण बढेको उल्लेख गरेका छन् । आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर छ । मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएका उनले २५० ओटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको विवरण भरेका छन् । आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख गरेका छन् । फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी रहेको विवरण पेश गरेका मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ । आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको उल्लेख गरेका थिए । मन्त्री हिमाल कार्कीको साढे ९ बीघा जग्गा, ४० लाख बचत भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करीब साढे ९ बीघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैंकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ । उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ बीघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुई ओटा भैंसी, कुखुराको फर्म र ३ ओटा माछा पोखरी पनि छ । जयरामको काठमाडौंमा घर सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौंमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा जग्गा रहेको उल्लेख गरेका छन् । यादवको काठमाडौं महानगरपालिका–३५ मा घर छ । २०६९ सालमा घर खरिद गरेको विवरण पेस गरेका मन्त्री यादवको विराटनगरमा पैतृक सम्पत्ति र घर छ । काठमाडौंको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा रहेको विवरण पेस गरेका मन्त्री यादवसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी पनि छ । यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ । उनले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख रुपैयाँ लगानी छ । त्यसबाहेक विभिन्न ८ ओटा कम्पनीको शेयर किनेका छन् । ४५ लाख रुपैयाँ ऋण लिएको विवरण पेस गरेका यादवले गाईभैंसी, पाडापाडी, बाच्छाबाच्छी, बाख्रा, घरायसी फर्निचर, इलेक्ट्रोनिक्स सामाग्री र बोट विरुवा पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तुम्बाहाङ्फेको १० धुर घडेरी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।

प्रदेश १ का मन्त्रीहरूको कसको कति सम्पत्ति ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दम्पतीको बैंक खातामा ८६ लाख रुपैयाँभन्दा बढी रहेको खुलेको छ । मुख्यमन्त्री राईले पेश गरेको सम्पत्ति विवरणमा उक्त नगद बचतमा रहेको उल्लेख गरेका छन् । मन्त्रीहरूले पेश गरेका सम्पत्ति विवरणमा सबैभन्दा कम मुख्यमन्त्रीकै देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार र आफ्नो नाममा दुईओटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि उल्लेख गरिएको छ । यसैगरी प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको मोरङका विभिन्न ठाउँमा ११ ओटा घडेरी देखिएको छ । बुढीगंगा गाउँपालिका–२ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी पत्नी शान्तादेवी बस्नेतको नाममा छ । कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनकी पत्नी कृषि विकास बैंकमा जागिरे छिन् उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ ओटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा बचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि विकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत् आयोजना र बंगुर फार्ममा लगानी गरेको पाइएको छ उनले आफ्नो २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन् । आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङखोला हाइड्रोमा १० प्रतिशत शेयर छ । आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख छ । यस्तै मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ । भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले करिब साढे ९ बिघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैंकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ । उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ बिघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुईओटा भैंसी, कुखुराको फार्म र तीनओटा माछा पोखरी पनि छन् । यसैगरी सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौंमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंका आठ स्थानमा उनको जग्गा रहेको छ । मन्त्री यादवसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी छ । उनले सप्तकोशी पोल्ट्री फार्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कञ्चनजंघा बोर्डिङ स्कुलमा उनको २१ लाख लगानी छ । त्यसबाहेक उनले विभिन्न आठओटा कम्पानीको शेयर किनेका छन् । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमान्ले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।