सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ७ जनाको नाम सिफारिस गरिएको छ । सत्तारुढ गठबन्धनमा देखिएको समस्याले उम्मेदवार छनोटमा ढिलाई भएपछि नेपाली काँग्रेस सुर्खेतले पालिकाहरुलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । सोही अनुसार शुक्रबार वीरेन्द्रनगर नगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरिएको हो । सुरुमा कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । तर पार्टीभित्रकै केही नेताहरुले आपत्ति जनाएपछि क्षेत्रीय कार्य