काठमाडौं। नेपालमा विदेशी लगानीकर्ताले प्रतिबद्धता गरेअनुसार लगानी नल्याउने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैदेशिक लगानीको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवदेनअनुसार कुल प्रतिशद्धतामध्ये ३४.१ प्रतिशत मात्रै विदेशी लगानी भित्रिँदै आएको छ। यो भनेको १०० रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएमा ३४ रुपैयाँको मात्रै लगाउनी आउनु हो।