भटमासको पिनामा लाग्दै आएको कर नघटाएसम्म दानाको मूल्य घट्दैन : दाना उद्योग संघ

नेपाल दाना उद्योग संघले भटमासको पिनामा लाग्दै आएको कर नघटाएसम्म दानाको मूल्य नघट्ने जनाएको छ ।  दानाका लागि आवश्यक कच्चा पदार्थमा सरकारले ९ प्रतिशत कर लगाएपछि दानाको मूल्यवृद्धि गर्नुपरेको बताउँदै संघले कर पुरानै दर १.६ प्रतिशत बनाउन सरकारसँग माग गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै संघले सरकारसँग विभिन्न माग राखेको छ । भटमासको पिनामा लाग्दै आएको कर ९% बाट घटाएर  पुरानै दर १.६% हुनुपर्ने संघको माग छ । यस्तै विगतको समयमा बंगलादेशबाट सहज रुपमा भटमास पिना आयात भईरहेको मा हाल आएर बंगलादेशबाट...

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: कुखुराको मासु किलोको रू. १ सय ७०

राजधानीमा कुखुराको मासु सस्तिएको छ । केही दिनअघिसम्म प्रतिकिलो रू. २ सय रहेको कुखुराको तयारी मासुको मूल्य अहिले १ सय ७० मा झरेको छ । राजधानीमा गत वर्ष यही समयमा कुखुराको तयारी मासु किलोको रू. २ सय ५० माथि पुगेको थियो । मागभन्दा आपूर्ति धेरै भएकाले मूल्य घटेको मासु व्यवसायीहरूले बताएका छन् । ‘उपत्यकामा र आसपासका जिल्लामा कुखुराको उत्पादन वृद्धि भएकाले मूल्य घटाउनु परेको हो,’ राष्ट्रिय मासु विक्री संघका अध्यक्ष जंगबहादुर बीसीले भने ।  दाना उद्योग संघ, कुखुरा पालक किसान संघ, तथा राष्ट्रिय मासु विक्री संघको तिहारअघि बसेको संयुक्त बैठकले मूल्य घटाउने निर्णय गरेको हो । गत दशैंमा अपेक्षाअनुसार उपत्यकामा कुखुराको मासु विक्री नभएकाले र आपूर्ति बढेका कारण मूल्य घटेको बीसी बताउँछन् । आपूर्ति घट्ने संकेत नदेखिएकाले यो मूल्य लामै समय कायम रहने उनले बताए । कुखुरा पालक किसानहरूले भने कुखुराको मूल्य घटाइएकोमा विरोध गरेका छन् । अहिलेको मूल्यअनुसार कुखुरा विक्री गर्दा घाटा सहनुपरेको उनीहरूले बताएका छन् ।  वर्ष ६, अंक ५३ , बुधवार, २४ कात्तिक, २०६७

राइट टु प्रोटिन रन हाफ म्याराथन : आर्मीका दीपक र एपीएफकी फुलमतीलाई उपाधि

काठमाडौं । ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को उपाधि महिलातर्फ एपीएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा फुलमतीले निर्धारित दूरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारिन् । राममाया उक्त दूरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दूरी १ घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्का १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । पुलिसकी अञ्जु खड्का १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् । पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजनले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनाका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गरे । तीर्थ गतवर्षको च्याम्पियन खेलाडी हुन् । आर्मीका सुशीलकुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थान हासिल गरे । म्याराथनका दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थान प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीलाई पुरस्कृत गरे । आयोजक संस्थाका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले प्रतियोगितामा ४ हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा नेपाल दाना उद्योग संघ र संघ अन्तर्गतका दाना उद्योग सहयोगीको रूपमा रहेका थिए ।

सीमामा हुने अवैध गतिविधि रोक्न सरोकारवाला निकायसँग छलफल

२१ पुस, काठमाडौं । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक […]

सीमामा हुने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी मुख्यालयमा छलफल

काठमाडौँ। सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ। आज ( बिहीबार) प्रहरी मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरेको हो । सीमा ईलाकाबाट त्यस प्रकारका सामान तथा […]

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघले गर्यो स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेको छ । महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खाद

मूल्यबृद्धि स्वभाविक : दाना उद्योग संघ

कच्चापदार्थहरुको मूल्य बढेसँगै पशुपंक्षि को आहारमा प्रयोग हुने दानाको मुल्य पनि बढेको छ । दाना बनाउने कच्चापदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको मुल्य वृद्धिबाट उत्पादन लागत बढेको नेपाल दाना उद्योग संघले जनाएको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।विगत २ महिनादेखि १०० रुपैयाँ प्रति के.जी रहेको भटमास पिना ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८–३९ रुपैयाँ रहेको मकैको मूल्य ४७ रुपैयाँ प्रति के.जी पुगेको छ । जसको

दाना बनाउने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढ्यो : दाना उद्योग संघ

काठमाडौं । नेपाल दाना उद्योग संघले दाना बनाउने कच्चा पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा उत्पादन लागत बढेको जनाएको छ । दाना बनाउने प्रमुख कच्चा पदार्थहरू मकै, भटमासको पिना, औषधीहरू, कच्चा तेल तथा फिड सप्लीमेन्टहरूको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पादन लागत बढेको संघले जनाएको छ । आर्थिक वर्ष ०७४।०७५ को वजेटसम्म दाना उद्योगहरूका लागि आवश्यक कच्चा...