दाना बनाउने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढ्यो : दाना उद्योग संघ

काठमाडौं । नेपाल दाना उद्योग संघले दाना बनाउने कच्चा पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा उत्पादन लागत बढेको जनाएको छ । दाना बनाउने प्रमुख कच्चा पदार्थहरू मकै, भटमासको पिना, औषधीहरू, कच्चा तेल तथा फिड सप्लीमेन्टहरूको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पादन लागत बढेको संघले जनाएको छ । आर्थिक वर्ष ०७४।०७५ को वजेटसम्म दाना उद्योगहरूका लागि आवश्यक कच्चा...

सम्बन्धित सामग्री

मूल्यबृद्धि स्वभाविक : दाना उद्योग संघ

कच्चापदार्थहरुको मूल्य बढेसँगै पशुपंक्षि को आहारमा प्रयोग हुने दानाको मुल्य पनि बढेको छ । दाना बनाउने कच्चापदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको मुल्य वृद्धिबाट उत्पादन लागत बढेको नेपाल दाना उद्योग संघले जनाएको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।विगत २ महिनादेखि १०० रुपैयाँ प्रति के.जी रहेको भटमास पिना ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८–३९ रुपैयाँ रहेको मकैको मूल्य ४७ रुपैयाँ प्रति के.जी पुगेको छ । जसको

दानाको कच्चापदार्थको भन्सार घटाउन माग

काठमाडौं । नेपाल दाना उद्योग संघले दाना उत्पादन गर्ने उद्योगहरूलाई संरक्षण गर्नेतर्फ पहल गर्न आग्रह गरेको छ । उत्पादन लागत कम गर्न पनि नेपालमा उत्पादन नहुने तथा अपुग हुने कच्चापदार्थको भन्सार महसुल आगामी बजेटमार्फत परिवर्तन गर्न संघले माग गरेको छ । हाल नेपालमा करिब ११४ वटा दाना उद्योग छन् । करिब...

दानाको लागत बढेको दाबी

दाना उद्योग संघले उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको जनाएको छ।

कुखुराको दानाको मूल्य बढ्यो

काठमाडौं । कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो । नेपाली उद्योगी व्यवसायीले दाना उत्पादनका लागि मुख्य कच्चापदार्थ भटमासको पिना विशेषगरी भारत र अमेरिकाबाट आयात गर्छन् । गतवर्ष ती देशमा भटमासको उत्पादनमा ह्रास आएकाले दानाको कच्चापदार्थको मूल्य बढेको बताइएको छ । हाल दानाको मूल्य प्रतिकिलो २ रुपैयाँका दरले बढाइएको छ । बढाइएको नेपाल दाना उद्योग संघले बताएको छ, जसअनुसार ‘बी जीरो’ दानाको मूल्य प्रतिकिलो ६४ बाट बढाएर ६६ रुपैयाँ पु¥याइएको छ भने ‘बी वान’ दानाको मूल्य प्रतिकिलो ६३ बाट बढाएर ६५ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी ‘बीटू’ र ‘बीथ्री’ दानाको मूल्य पनि प्रतिकिलो २ रुपैयाँका दरले मूल्य बढाएर क्रमशः ६४ र ६३ रुपैयाँ कायम गरिएको छ । करीब एक वर्ष अवधिमा भटमासको पिनाको मूल्य किलोमै ५५ रुपैयाँले बढेर ७० बाट १२५ रुपैयाँसम्म पुगेको संघका अध्यक्ष रबिन पुरीले बताए । त्यसैगरी ८० पर्ने सोयाको मूल्य बढेर प्रतिकिलो ११५ रुपैयाँ पुगेको छ । भटमासको पिनासँगै दाना बनाउन प्रयोग गरिने अर्को मुख्य कच्चापदार्थ मकैको मूल्य समेत बढेको छ । प्रतिकिलो २० देखि २५ रुपैयाँ पर्ने मकैको मूल्य बढेर अहिले ३५ रुपैयाँसम्म पुगेको संघले बताएको छ । नजिकको छिमेकी मुलुक भारतमा भटमासको उत्पादन घटेपछि भारतीय व्यापारीले समेत अमेरिकाबाट आयात गरी नेपाली व्यापारीलाई विक्री गर्दा महँगो परेको अध्यक्ष पुरीले बताए । ‘अहिले परेको उत्पादन लागत अनुसार प्रतिकिलो दानामा ८ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने हो,’ उनले भने, ‘तर एकैपटक मूल्य बढाउँदा कुखुरापालक किसान हतोत्साहित हुन सक्ने भएकाले २ रुपैयाँ मात्र मूल्य बढाइएको हो ।’ दानाको कच्चापदार्थको मूल्य आकासिनुको अर्को मुख्य कारण पछिल्लो समय चिनियाँ व्यवसायीले भटमासको खपत अत्यधिक रूपमा बढाएकाले अन्य देशमा अभाव हुनु पनि रहेको बताइएको छ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात हुने गरेको छ । दाना बनाउन प्रयोग गरिने कच्चापदार्थमध्ये भटमास ९९ प्रतिशत र मकै ७० प्रतिशत आयात गर्नुपर्ने अवस्था छ ।