प्रदेश २ मा माओवादी सरकारमा सहभागी हुने

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रले मन्त्री चयन गरेको छ । शुक्रबार (आज) बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले बताए । साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी […]

सम्बन्धित सामग्री

नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने

नेकपा एस प्रदेश–२ को सरकारमा सहभागी हुने भएको छ । नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ । भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

नेकपा एसलाई प्रदेश २ सरकारमा सहभागी गराइँदै

सुरुमा ६ वटा मन्त्रालय रहेको प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या बढाएर १० पुर्‍याइएको थियो ।

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।माधवकुमार नेपाल नेतृत्वको समाजवादीको सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकले समाजवादीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए।प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। यसअघि प्रदेशसभामा ५ दल थिए। अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत) समाजवादी र जसपा नेपाल विभाजित भए

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं, भदौ २८ । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको सो पार्टीको प्रदेश कमिटी बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्दै प्रदेश सरकारमा सहभागी हुने निर्णय लिएको छ । प्रदेश २ सरकारमा सहभागी हुन संसदीय दलका नेता महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको […]

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने निर्णय

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताए ।उनले भने, ‘प्रदेश २ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने

नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने

महोत्तरी – नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले एउटा मन्त्रालय लिएर शनिवार सहभागी हुने भएकाे हाे ।  नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले उज्यालोसँग कुराकानी गर्नु हुँदै आफ्नै नेतृत्वमा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताउनुभयो । शनिवार दिउँसो ३ बजेको समयमा आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएकाे उहाँले जा...

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी […]