निर्वाचन आयोगले 'लौरो' चुनाव चिह्न लिएको राजनीतिक दल ‘हाम्रो नेपाली पार्टी’ का उम्मेदवारले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचारप्रसार गरिरहेको थाहा पाएपछि कारबाही प्रक्रिया अघि बढाएको छ । आयोगले सो दलका उम्मेदवारहरुलाई पत्राचार गर्दै आचारसंहिता उल्लंघनको कसुरमा किन कारबाही नगर्ने ? भन्ने कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।