काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान सवा नौ बजे शुरु हुनेछ।नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ।लिग–२ मा ८ देश रहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्व
काठमाडौं । अहिले आँपको सिजन सिजन उत्कर्षमा छ । जात अनुसार फरक फरक मूल्यमा भने जस्ता आँप खान पाइन्छ । गएको हप्ता सिलगुडीमा दूर्लभ जातको आँप सुनकै मूल्यमा बिक्यो । पश्चिम बंगालको बिरभम जिल्लाका एक किसानको आफ्नो बगैंचाको हरेक आँप ३० हजार रुपयामा बेचे ।
यो भनेको ५ ग्राम २४ क्यारेट सुनको भाउ जत्तिकै थियो । सुनकै मूल्यमा बिकेको यो आँपको नाम मियाजाकी हो । बैजनी रातो खालको यो आँपको उद्गमस्थल चाँहि जापानको मियाजाकी प्रिफेक्चर हो । यो विश्वको सबैभन्दा महँगो आँप हो । विश्व बजारमा यो आँपको भाउ किलोकै २५ लाख रुपया छ । यो आँपको तौल ३५० ग्रामदेखि ९०० ग्रामसम्म हुन्छ ।
यो वर्ष भारतमा दूर्लभ खालको आँप मात्रै होइन । अन्य जातको आँप पनि उच्च मूल्यमा बिकिरहेका छन् । प्रतिकूल मौसमका कारण उत्पादन प्रभवित हुँदा देशभर नै आँप महँगो बनेको छ । महाराष्ट्र र कोन्कान क्षेत्रमा फल्ने अल्फोन्सो जातको आँपको उत्पादन घटेर आधामा झरेपछि मूल्य बढेको व्यापारीहरु बताउँछन् ।
गुजरातमा केसर जातको आँप पनि छोइ नसक्नु भएको छ । उत्पादन कम हुँदा निर्यात पनि प्रभावित बनेको छ । संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, कतार, कुवेत, ओमान, क्यानडा, सिंगापुर, बहराइन र भुटान भारतको मुख्य निर्यात बजार हुन् । तर यो वर्ष यी देशहरुमा जम्मा ३६ करोड रुपयाका मात्रै आँप निर्यात भए ।
फेब्रुअरीमा अल्फोन्सो आँपको फसल रामै्र थियो । तर अप्रिल र मेमा पाक्ने बेलासम्म आँप निकै कम थिए । मुख्य सिजन अघि एक दर्जन अल्फोन्सो आँपको मूल्य ५ हजार रुपया थियो । मियाजाकी आँपको बोटलाई विशेष हेरचाह चाहिन्छ । गएको वर्ष अप्रिलमा जापानमा दुई दाना मियाजाकी आँप ५ लाख येन (झन्डै ४ हजार डलर)मा विक्री भएको थियो ।
भारतमा पछिल्लो समय किसानहरु यो आँपको खेतितिर आकर्षित हुन थालेका छन् । यो आँप लटरम्मै फल्दैन । सूर्यको अन्डा भनेर चिनिने यो आँपको स्वाद पनि अति नै मिठो हुन्छ । विदेशमा यो आँपलाई विशेषगरी उपहारको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । एजेन्सी
काठमाण्डाै - आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।
आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् ।
विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग 'ए' र 'बी' का विजेता जर्सी र क्यानडा ग...
काठमाण्डाै - नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा ओमानलाई ७ विकेटले हराएको छ ।
अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो । ओमानसँगको खेलमा जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले ५६ रन जोडे । त्यसअघि ह्युस्टनमा रहेकाे मुसा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६ ओभर ५ बलमा १ सय ६३ रनमा अल आउट भयो ।
...
विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको मोसा स्टेडियम सञ्चालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनुअघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ।
क्यानको आज बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ ।
ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमान विरुद्धको शृङ्खलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ ।
क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान ग...
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् । आइसिसीको नयाँ ओडिआई वरियतामा सन्दीपले एकैपटक १२ स्थान सुधार गर्दै फड्को मारेका हुन् ।नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले भारतका हार्दिक पान्ड्या, अष्ट्रेलिया मिचेल मार्श, मार्कस स्टोइनिस र न्युजिल्यान्डका काइल जेमिसन समेतलाई पछि पारेका छन् । हार्दिक ८२ औं, मार्श ८४ औं, स्टोइनिस ८६ औं र जेमिसन ९७ औं स्थामा छन् । यसअघि ९१ औँ स्थानमा रहेका सन्दीप ७९ औँ स्थानमा उक्लिएका हुन् ।ओमान भ्रमणमा सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो । आइसिसी विश्वकप लिग–२ नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीसँगको २ ओडिआई खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । कुल ५ इनिङ खेलेका सन्दीपले १८ विकेट लिए । पपुवान्युगिनीसँगको पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।ओमानसँगको पहिलो खेलमा पेटमा समस्याको कारण बलिङ नगरेका सन्दीपले अमेरिकासँग दोस्रो खेलमा २ र ओमानसँग अन्तिम खेलमा ४ विकेट लिए । सन्दीपले १६ ओडिआई खेलमा ४१ विकेट लिईसकेका छन् । ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडिआई वरीयतामा कुनैपनि खेलाडी परेनन् । टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८२ औं स्थानमा छन् । टि२० आईकै ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा छन् ।नेपाल ओडिआई वरियतामा १६ औं र टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।
काठमाडौँ– क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासमा जुटेको छ । गत मंगलबार ओमान प्रस्थान गरेको टोलीले अभ्यास थालेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीले ओमानमा रहँदा लिग २ मा अमेरिका र ओमानसँग त्रिकोणीय श्रृंखलाका ४ खेल खेल्नेछ । लिगमा तीनवटै […]
२० माघ, काठमाडौं । ओमान र अमेरिका पछिल्लो समय विश्व क्रिकेटमा फड्को मारिरहेका टिम हुन् । दुवै टिममा आप्रवासी खेलाडीको बाहुल्य छ । ओमानले त टी २० विश्वकप पनि खेलिसकेको छ । अहिले दुवै टिमसंग …