सुन जत्तिकै महँगो आँप, खाने हो त ?

काठमाडौं । अहिले आँपको सिजन सिजन उत्कर्षमा छ । जात अनुसार फरक फरक मूल्यमा भने जस्ता आँप खान पाइन्छ । गएको हप्ता सिलगुडीमा दूर्लभ जातको आँप सुनकै मूल्यमा बिक्यो । पश्चिम बंगालको बिरभम जिल्लाका एक किसानको आफ्नो बगैंचाको हरेक आँप ३० हजार रुपयामा बेचे ।   यो भनेको ५ ग्राम २४ क्यारेट सुनको भाउ जत्तिकै थियो । सुनकै मूल्यमा बिकेको यो आँपको नाम मियाजाकी हो । बैजनी रातो खालको यो आँपको उद्गमस्थल चाँहि जापानको मियाजाकी प्रिफेक्चर हो । यो विश्वको सबैभन्दा महँगो आँप हो । विश्व बजारमा यो आँपको भाउ किलोकै २५ लाख रुपया छ । यो आँपको तौल ३५० ग्रामदेखि ९०० ग्रामसम्म हुन्छ ।  यो वर्ष भारतमा दूर्लभ खालको आँप मात्रै होइन । अन्य जातको आँप पनि उच्च मूल्यमा बिकिरहेका छन् । प्रतिकूल मौसमका कारण उत्पादन प्रभवित हुँदा देशभर नै आँप महँगो बनेको छ । महाराष्ट्र र कोन्कान क्षेत्रमा फल्ने अल्फोन्सो जातको आँपको उत्पादन घटेर आधामा झरेपछि मूल्य बढेको व्यापारीहरु बताउँछन् ।  गुजरातमा केसर जातको आँप पनि छोइ नसक्नु भएको छ । उत्पादन कम हुँदा निर्यात पनि प्रभावित बनेको छ । संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, कतार, कुवेत, ओमान, क्यानडा, सिंगापुर, बहराइन र भुटान भारतको मुख्य निर्यात बजार हुन् । तर यो वर्ष यी देशहरुमा जम्मा ३६ करोड रुपयाका मात्रै आँप निर्यात भए । फेब्रुअरीमा अल्फोन्सो आँपको फसल रामै्र थियो । तर अप्रिल र मेमा पाक्ने बेलासम्म आँप निकै कम थिए । मुख्य सिजन अघि एक दर्जन अल्फोन्सो आँपको मूल्य ५ हजार रुपया थियो । मियाजाकी आँपको बोटलाई विशेष हेरचाह चाहिन्छ ।  गएको वर्ष अप्रिलमा जापानमा दुई दाना मियाजाकी आँप ५ लाख येन (झन्डै ४ हजार डलर)मा विक्री भएको थियो । भारतमा पछिल्लो समय किसानहरु यो आँपको खेतितिर आकर्षित हुन थालेका छन् । यो आँप लटरम्मै फल्दैन । सूर्यको अन्डा भनेर चिनिने यो आँपको स्वाद पनि अति नै मिठो हुन्छ । विदेशमा यो आँपलाई विशेषगरी उपहारको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ ।  एजेन्सी

सम्बन्धित सामग्री

सुगरका बिरामीले के खाने, के नखाने?

धरै सुगरका बिरामीहरुको एउटै शाझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने? के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन।

सुगरका बिरामीले के खाने, के नखाने?

धरै सुगरका बिरामीहरुको एउटै शाझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने? के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन।

आज दर खाने दिन

काठमाडौं : हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ।दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन्।भोलिपल्ट व्रत बस्नुपर्ने भएकाल

खाने कसरी ? यी हुन् सात सही तरिका

काठमाडौँ– संस्कृतिमा हामी जे-जति चीजहरू गर्छौँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ । हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ । यहाँ केही सरल उपायहरू बताइएका छन्; १ कति खाने र कति पटक खाने ? अध्ययनहरूबाट यो पत्ता […]

दशैंमा मासु कसरी खाने, कति खाने?

काठमाडौं : मासु खान दशैं कुर्नै नपर्ने भए पनि दशैंलाई टन्‍न मासु खाने पर्वको रूपमा लिइन्छ। अहिले पनि दशैं भन्नेबित्तिकै घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ। तर, दशैंमा खानपानमा ध्यान नदिँदा हामीलाई जटिल प्रकारका स्वास्थ्य समस्या देखा पर्ने गर्छन्। जसले गर्दा दशैंमा रातो टीका र जमराका साथै खानपानका (मासुका परिकार) लागि पनि उत्तिकै महत्वपूर्ण छ।मासुका परिकार धेरै खाने प्रचलन रहेको दशैंमा कस्ता मानिसले कति मासु खाने भन्ने कुरा हेक्का नराख्दा खानपान (मासुका परिकार)ले स्वास्थ्यमा

खाने तरिका

बाघ अनि बिरालोले, लुछीलुछी खान्छन्, पुतलीले फूलको रस, चुसीचुसी खान्छन्। छन् यहाँ जनावर अनेक थरिका, खाना खाने यिनीहरूको, अनेक तरिका।...

आज दर खाने दिन: कस्तो खानेकुरा खाने, कस्तो नखाने?

महिलाहरुका लागि तिजको रमाइलो भनेकै दर खाने, पानी समेत नखाई ब्रत बस्नु अनि नाचगान गर्नु नै हो। तर चिकित्सकहरुका अनुसार दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी समेत नखाई ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो।

फेरि महँगिन थाल्यो खाने तेल

३ भदौ,काठमाडौं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए । ‘तोरी, सनफ्वालर र […]

यो हो फलफूल खाने सही समय

फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं । बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् । खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, ...