काठमाडौं : नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते 'साङ्गीतिक गजल गुञ्जन' गर्ने भएको छ।राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नवपुस्ताका गायक/गायिकाले प्रस्तुत गर्ने छन्।प्रतिष्ठानले जनाएअनुसार उक्त कार्यक्रमले नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुग्ने छ। प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ भन्छन्, 'नेपालमा गजल भनेर लेख्न थालिएको सवा सय वर्ष नाघेको छ। गजलका नाममा अनेक प्रयोग भइसकेका छन् तर