अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रणका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका अर्थमन्त्रीलाई व्यवसायीहरुले ब्याजदरको विषयमा प्रश्न गरेपछि उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अन