नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैकको ब्याजदर वृद्धिले बजारमा मूल्यवृद्धि भएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताए । अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरु समस्यामा परेको बताए । उनले अहिले सिमित तरल