विमानस्थलमा चिप्लिएको जहाज ग्राउन्डेड

काठमाडौँबाट नेपालगञ्ज उडानका लागि प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ नजिकैको घाँसमा फसेको श्री एयरलाइन्सको जहाज ग्राउन्डेड गरिएको छ। उडानका लागि ट्याक्सी मार्गतर्फ जाने तयारी गर्दा विमानको बायाँतर्फको चक्का घाँस क्षेत्रमा फस्न पुगेको थियो। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मङ्गलबार बिहान ९ बजेर ३३ मिनेटमा उक्त जहाज घाँस क्षेत्रमा फसेको थियो। जहाजलाई करिब दिउँसो १२ बजे त्यहाँबाट निकालेर ग्राउन्डेड गरिएको उनले बताए ।  प्राविधिक परीक्षणपछि मात्र उक्त जहाजलाई उडानको अनुमति दिइने उनले जानकार...

सम्बन्धित सामग्री

पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

१ माघ, काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन अनिल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

७ पुस, पोखरा । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएको छ । नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया […]

करिब दुई महिनापछि जोमसोम विमानस्थलमा पुग्यो जहाज

पर्वत : मौसममा आएको खराबी तथा त्यस अगाडि भएको जहाज दुर्घटनाका कारण जहाज उडान स्थगित भएको मुस्ताङको जोमसोम विमानस्थलमा ५४ दिनपछि जहाज अवतरण गरेको छ।विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार गत असार सात गते अन्तिमपटक जहाजको उडान भएको विमानस्थलमा सोमबार १७ जना यात्रु बोकेको समिट एयरको जहाज अवतरण गरेको छ।मौसममा सुधार आएसँगै सोमबार बिहान सवा नौ बजे समिट एयरको जहाजमार्फत ११ जना विदेशी र ६ जना नेपाली जोमसोम विमानस्थलमा अवतरण गरेका हुन्।अहिलेसम्मको अवस्थामा मौसममा राम्रो सुधार आएको र अब मुस्ताङ घुम्ने

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण

काठमाडौँ । नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ । जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका […]

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

१९ साउन, काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ […]

दिल्ली-काठमाडौं हुँदै इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

२८ वैशाख, काठमाडौं । भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । ‘आईएफसी १ एफ२२ ०२ डट ४३’ जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । […]

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण

काठमाडौं । व्यवसायिक उडानको तयारीका क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० पुगेको छ । दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको थियोे । जहाज ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो उडान परीक्षणका रुपमा गरिएको हो । त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा […]

विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाण्डौबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको हो । कार्यालयका अनुसार जहाजमा कुनै क्षति भएको छैन । यात्रुलाई सकुशल ओरालिएको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

काठमाडौँ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको बुद्ध एयर जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ। काठमाडौँको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केही बेर अघि अवतरण भएको हो। सम्बन्धित समाचार : बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन