काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्धको मुद्दाको पेसी जेठ ३० गतेलाई तोकेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा आज भएको सुनुवाइको क्रममा ७ दिनभित्र म्याद तामेल गरी गराइ थाम्ने थमाउने म्याद नपाउने गरी ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशसहित जेठ ३० का लागि पेसी तोकिएको हो […]