काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गर्ने उदेश्यले राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेकाे छ ।
यस समझदारी अन्तर्गत बैतडीको पञ्चेश्वोर गाउँपालिकामा स्थानीय युवाहरूलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याएर देशभित्रै युवा उद्यम...