भीमदत्तमा शहरी सडक निर्माण सुस्त

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत सडक निर्माणले गति लिन सकेको छैन । भीमदत्त नगरलाई आधुनिक शहर बनाउने लक्ष्यअनुसार निर्माण भइरहेको उक्त सडकको काम सम्झौता भएको डेढ वर्षमा २७ प्रतिशत मात्र सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले सो सडकको निर्माण अपेक्षित रूपमा अघि नबढेको बताए । उनका अनुसार सडक निर्माणको जिम्मा पाएको कम्पनीले ढिलाइ गर्दा योजनाको भौतिक प्रगति कम देखिएको हो । योजना सम्झौताको म्याद सकिन अब ५ महीना मात्र बाँकी छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनले पनि निर्माण प्रभावित भएको इन्जिनियर चन्दको भनाइ छ । तर पछिल्ला दिनमा भने निर्माणले गति लिएको नगरपालिकाले बताएको छ । सडक निर्माणका लागि जेडआईईसी–लामा जेभीसँग ठेक्का सम्झौता गरिएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत भीमदत्तमा ६ ओटा सडक निर्माण भइरहेको छ, जसमा भाँसी–रौटेला सडक, नापी कार्यालय हुँदै वन कार्यालय जोड्ने सडक, ट्राफिक चोक–अस्पताल, भगतपुर सडक, भानुचोकदेखि मदनचोक, एयरपोर्ट रोड, आँखा अस्पताल हुँदै पार्क जोड्ने सडक, निम्बुखेडा जाने सडक र आदर्श टोल सडक योजना रहेका छन् । आयोजना अन्तर्गत १४ किलोमिटर सडक निर्माण हुनेछ । यस्तै भीमदत्त नगरक्षेत्रमा २७ किलोमिटर फुटपाथ र २२ किलोमिटर ढल (नाली) निर्माण गरिनेछ । कोरोनाका कारणले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनियर भूपेन्द्र सिंहले बताए । ‘कोरोनाका कारण करीब ६ महिना काम हुन पाएन,’ उनले भने, ‘अहिले निर्माण अघि बढेको छ ।’ कामदार नपाउँदा पनि निर्माणमा ढिलाइ भइरहेको उनले बताए । कोरोनाका कारणले भारतीय कामदार ल्याउन नपाइएको उनको भनाइ छ । कोरोनाको जोखिम कम भए तोकिएकै समयमा काम सक्ने उनको दाबी छ । ‘कोरोनाको संक्रमण कम भयो भने हामी तोकिएकै समयमा काम सक्छौं,’ उनले भने, ‘५ महीनामा सबै काम सक्ने गरी निर्माण गरिरहेका छौं ।’ दुई सडकमा कालोपत्र गर्ने तयारी भइरहेको उनले बताए । ‘प्रशासन र मालपोत कार्यालय अगाडिको सडकमा कालोपत्र गर्ने तयारीमा छौं,’ उनले भने, ‘नाली निर्माणको काम पनि अन्तिम चरणमा छ ।’ कम्पनीले महेन्द्रनगर बजार क्षेत्रका सडक निर्माणको समेत जिम्मा पाएको छ । उक्त सडकको काम भने शुरू भएको छैन । ‘बजार गल्ली पछाडिका सडक निर्माणको जिम्मा पनि हामीले पाएका छौं,’ उनले भने, ‘ती सडकको काम २३ महीनामै सकिन्छ, त्यहाँ थोरै काम छ ।’

सम्बन्धित सामग्री

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ ।

सडक निर्माण नभएको भन्दै स्थानीयले गरे बन्द

बैतडीको दुदिलाखान गाँजरी सडक बन्द गरिएको छ। गाउँपालिकाको केन्द्र जर्गेसम्म सडक निर्माण नभएको भन्दै स्थानीयले सडक बन्द गरेका हुन्।...

घुर्मी–कुमालटार जोड्ने सडक निर्माण सुरु

उदयपुरको घुर्मीदेखि बिकट पहाडी ताप्ली गाउँपालिका जोड्ने कच्ची सडक निर्माण कार्य सुरु भएको छ।

मुगु–हुम्ला सडक निर्माण सम्पन्न

बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण भएको छ । मुगुको गमगढीदेखि हुम्ला चंखेली गाउँपालिकाको देउलीसम्मको उक्त सडक एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार...

रिल्मवासीले उधारोमै सडक निर्माण गरेर गाडी पुर्‍याए

सिमकोट – जिल्लाकै दूरदराजमा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँका स्थानीयले उधारोमा सडक निर्माण गरेर गाडी गाउँ पुर्‍याएका छन्। केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासन पाएपछि उधारोमा सडक निर्माण गरेर स्थानीयले गाडी रिल्म गाउँमा पुर्‍याएका हुन्। स्थानीय नन्दराज शर्माका अनुसार दुई वर्ष लगातार स्थानीय उपभोक्ताले सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँमा गाडी पुगेको […]

सडक निर्माण भएपछि एक घण्टाको यात्रा २० मिनेटमा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए । “गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो,” उनले

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक - नेपाली कांग्रेस

काठमाण्डाै - नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको भन्दै छिटो सडक निर्माण रोक्न माग गरेको छ ।सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कांग्रेसले जनाएको छ ।कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज वक्तव्य निकालेर ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको हो ।लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपा...

अन्तरपालिका जोड्ने १५ किमी सडक निर्माण

जुम्लाको पहिलो अन्तरपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण भएको छ । भौगोलिक रुपमा विकट जुम्लाका ग्रामिण बस्ती र पालिकामा यातायातको पहुँच विस्तार गर्न अन्तरपालिका जोड्ने १५ किमि सडक निर्माण भएको हो ।जुम्लाको तातोपानी र सिंजा गाउँपालिका जोड्ने ‘थारमारे–दिलौरी’ १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी […]

सडक निर्माण र स्तरवृद्धिमा ७१ करोेड विनियोजन

चालू आवमा सडक डिभिजन जुम्लाले सडक निर्माण तथा स्तरवृद्धिमा करिब ७१ करोड बजेट खर्चिने भएको छ । नयाँ सडक निर्माण, पुराना सडक स्तरवृद्धि, पक्की पुल निर्माण, कच्ची सडक निर्माणलगायतका पूर्वाधार विकासमा ७१ करोड बजेट विनियोजन भएको छ ।सडक निर्माण तथा स्तरवृद्धिका लागि पाँच वटा शीर्षकमा ७१ करोड विनियोजन भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले […]

काठमाडौँका अधिकांश सडक निर्माण ठप्प

–सञ्चिता घिमिरेकाठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन । निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै  सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक