नेपाली राजनीतिक वृत्तलाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अत्यन्त तरलीकृत तुल्याएको छ । सरकार, सदन र सडक तातेका छन् । झिनो बहुमत बोकेको नेपाली काँग्रेस नेतृत्वको ५ दलीय गठबन्धन सरकारका दलहरूबीच पनि सहमती नहुँदा नेपाली काँग्रेस यसलाई जसरी पनि संसद्बाट पास गर्ने दौडमा लागेको छ । यिनै विरोधाभास र सङ्घर्षहरूबीच यो सम्झौता संसद्मा टेबुल पनि भएको छ । बहुसङ्ख्यक नेपाली जनता यस सम्झौताका प्रावधानहरूलाई राष्ट्रहित विरोधी, असमान र संशयपूर्ण मानिरहेका छन् । नेपाली राष्ट