असोज २२, काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २०औं र २१औं वार्षिक साधारण सभा कात्तिक २४ गते हुने भएको छ ।
सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्ष तीनकुने, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा आव २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेका साथै, विविध प्रस्ताव रहेको छ ।