काठमाडौं । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रचण्ड माधव पक्षले नेतृत्व गरेको नेकपामै रहेको प्रस्ट पारेका छन् । मन्त्री बुढाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको एक जिम्मेवार प्रदेश सभा सदस्यको हैसियतले सो प्रदेशको सरकारलाई स्थिरता प्रदान गर्न आफु प्रचण्ड माधव पक्षको नेकपामा रहेको जानकारी दिएका छन् । ‘जनताको अपार मायाले निर्वाचित कर्णली प्रदेश सभाको एक जिम्मेवार सदस्यका रुपमा कर्णली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नुपनि त्यतिक