जुलिज केकले सुरु गर्‍यो आफ्नै अनलाइन प्लेटफर्म

काठमाडौँ – नेपालमा २० वर्षदेखि बेकरी व्यवसाय गर्दै आएको जुलिज केक एण्ड पेस्ट्रीले अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। आइतबार  राजधानीमा एक कार्यक्रमको आयोजना गरी जुलिजले अनलाइन प्लेटफर्म juliescakes.com.np सञ्चालनमा आएको जानकारी गराएको हो। अब जुलिजका उत्पादन अनलाइनमार्फत पनि खरिद गर्न सकिने छ। जुलिजले केक र बेकरीका खाद्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। […]

सम्बन्धित सामग्री

बिजी होल्डिङले खरिद गर्‍यो ई-कमर्स कम्पनी ग्यापु

लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ । वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर...

दराजले गर्‍यो उपलब्धिबारे समीक्षा

काठमाडौं । अनलाइन खरिद प्लेटफर्म, दराजले इ–कमर्सका उपलब्धिबारे समीक्षा गर्न हालै दराज समिट आयोजना गरेको छ । सम्मेलन विगत दुई दशकमा इ–कमर्स उद्योगले हासिल गरेका उपलब्धिहरुको समीक्षा गर्ने एक वार्षिक अवसर रहेको कम्पनीको भनाइ छ । साथै नेपालको इ–कमर्स इकोसिस्टमको वर्तमान गतिशीलतालाई थप परिस्कृत गर्न र इ–कमर्स समुदायले नेपालको उत्थानमा खेल्न सक्ने भूमिकाहरू अन्वेषण गर्न […]

दराजले घोषणा गर्‍यो ‘नयाँ रहर नयाँ अफर’

काठमाडौं (अस) । अनलाइन शपिङ प्लेटफर्म दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर नयाँ अफर’ घोषणा गरेको छ । आगामी २८ चैतदेखि लागू हुनेगरी दराजले नयाँ वर्षको उक्त अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ग्राहकलाई विभिन्न डिलहरू उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत ५ हजार रुपैयाँसम्मको भौचर, विभिन्न अफर र अनलाइन भुक्तानीमा विशेष छूट उपलब्ध गराइने कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै बम्पर उपहारमा नयाँ ‘यडिया एस–लाइक’ स्कुटर जित्न सकिने बताइएको छ । त्यसका लागि नेपाल बैंक लिमिटेड र दराजबीच यसअघि नै सम्झौता भइसकेको छ । उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्डबाट अग्रिम भुक्तानीमा १० प्रतिशत तथा बढीमा १ हजार रुपैयाँसम्म छूट पाउन सकिनेछ । त्यस्तै क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत तथा बढीमा १ हजार ५०० रुपैयाँसम्म छूट दिइनेछ ।

हाम्रो डक्टरले सुरु गर्‍यो निःशुल्क कोभिड परामर्श सेवा

२८ वैशाख, काठमाडौं । हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेसनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ । नेपालकै पहिलो अनलाइन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकमले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको जनाएको छ । यसअघि हाम्रो डक्टरले चिकित्सकसँग सःशुल्क परामर्श सेवा […]