नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने गरी रणनीतिक योजना तर्जुमा गरेको छ । चेम्बरले आइतबार आयोजना गरेको कार्यक्रममा रणनीतिक सुधार योजना, राजस्वमा नीतिगत सुधार, वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि ४९ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।