ललितपुर : नेकपा एमालेका स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रतिपक्षीको नभई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह गरेका छन्।उनले धेरै स्थानमा मेयर या प्रमुखमा पराजित भएर उपप्रमुख जितेको र वडा अध्यक्ष हारेर पनि वडा सदस्य जितेको स्थानमा आफूलाई प्रतिपक्षी नठानी सत्तापक्षकै हैसियतमा उभिन आग्रह गरे।प्रेस चौतारी नेपाल ललितपुरको आयोजनामा ललितपुर जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री समेत