निर्माण सकिएको ६ महिना पनि नपुग्दै भत्किन थालेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक परीक्षण अध्ययन सुरु गरेको छ । काठमाडौंस्थित आयोगका इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सडकको प्राविधिक परीक्षणसहितको अध्ययन गरिरहेको छ ।