काठमाडौँ,५ साउन । निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नंं १ स्थित उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, “यस सडकको वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा […]