काठमाडाैँ- बाढीपहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे-बेँसीसहर सडक पुनः सञ्चालनमा आएको छ। आज बिहानदेखि डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुंगामाटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल […]