नेपाली सेनाको अगुवाइमा अघि बढ्दै हिमाल सरसफाई अभियान - २०२२

जेठ ५, काठमाडौँ  । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा शुुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको उक्त अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि  सहकार्य गरेका छन् । उक्त क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक १ हजार १०० आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका ती चार ओटा हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिने गरेकोले हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको बताइएको छ । फोहोर व्यवस्थापन गर्नका लागि गत अप्रिल ५ बाट शुरु गरिएको हिमाल सरसफाई अन्तरगत हालसम्म चार ओटा हिम–शृंखलाहरुबाट २९ हजार ९९८ केजी (५ हजार २०४ केजी कुहिने र २४ हजार ७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ । ती फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिंदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य रहेको नेपाली सेनाले बताएको छ । अभियानको बारेमा सेनाका क्याम्पेन डिरेक्टरले अत्यधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण रहेता पनि अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् । नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानमध्यको एक हो  ।  तेस्रो संस्करणको उक्त अभियानमा कोका–कोला फाउन्डेसन लगातार तीन वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालित अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा सम्पन्न गरिने पनि नेपाली सेनाले बताएको छ ।

सम्बन्धित सामग्री

भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाइ अभियान २०२२

काठमाडौँ–सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ। प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन्। यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन्। वार्षिक ११ सय […]