बागलुङ : १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई अदालतले १२ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश दिवाकर भट्टको अन्तिम आदेशले थापालाई कैदसँगै पीडितलाई ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताए। थापाले बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए।प्रहरीले थापालाई ०७८ भदौ २७ गत