यथास्थितिमा एमसीसी अघि बढाए सरकारबाट बाहिरिने माओवादी चेतावनी

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीका प्रावधानहरु संशोधन नगरी पारित गर्न नहुने र सरकारले यथास्थितिमा अघि बढाए विपक्षमा मतदान गर्ने र गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी …

सम्बन्धित सामग्री

एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न प्रचण्डलाई बाबुरामकाे आग्रह

काठमाण्डाै – सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिनुभयो । उहाँले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँमा अर्को...

एमसीसी पास गर्न प्रधानमन्त्रीलाई एमालेका ४ सर्त

यथास्थितिमै संसदमा टेबल गरे आफू सरकारबाट बाहिरिने चेतावनी दिएको नेकपा माओवादी केन्द्रकै सहयोगमा सरकारले आईतवार अमेरिकी सहायता सम्झौता एमसीसी टेबल गर्यो। सत्ता साझेदार अर्को दल नेकपा एकीकृत समाजवादीलाई पनि प्रधानमन्त्री देउवाले ...

देव गुरूङ भन्छन्, जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आफूहरूको सुझावविपरीत यथास्थितिमै संसदमा टेबुल गरेकाले जुनसुकै बेला सरकारबाट बाहिरिने बताएका हुन् । पार्टीभित्र सहमति भएरै एमसीसी टेबुल भएको हो : मन्त्री झाक्री एमसीसी सदनमा टेबुल भइसकेकाले अब अनुमोदनको प्रक्रियासम्म कुर्ने, निर्णयार्थ प्रक्रियामा […] The post देव गुरूङ भन्छन्, जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकार छोड्ने प्रचण्डको चेतावनीपछि ब्याक भए देउवा, आज एमसीसी पेश नगर्ने सहमति

नेकपा (माओवादी केन्द्र)ले सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सहमत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भएको छलफलपछि आजको बैठकमा एमसीसी पेश नगर्ने र भोलि गठबन्धनको बैठक बसेर यस बारे निर्णय लिने सहमति भएको हो ।यस अघि  सिंहदरबारस्थित आज बसेको माओवादी केन्द्रको संसदीय दलको  बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने र सहमति बिना संसदमा टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो  । बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो  । बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न गएका थिए। बैठकपछि आज एमसीसी पेश नगर्ने सहमति भएको हो ।  कांग्रेसको संसदीय दलको बैठकले भने हिजो नै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले हिजो नै सभामुख अग्नि सापकोटालाई फोन गरेर एमसीसी संसद पेश गर्ने तयार गर्न भनेका थिए । एमालेले भने आफ्नो माग पुरा नभएको भन्दै आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।संसद बैठक आज दिउँसो १ बजेको लागि बोलाईएको छ ।

एमसीसीको विपक्षमा माओवादी केन्द्र : संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गरे माओवादीले विपक्षमा मतदान गर्ने निर्णय भएको एक नेताले बताए। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी…

एमसीसी जबरजस्ती अगाडि बढाए सरकारबाट बाहिरिने माओवादीको चेतावनी

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे प्रधानमन्त्री एकलौटी रुपमा अघि बढे नेकपा (माओवादी केन्द्र) गठबन्धन र सरकारबाट बाहिरिने बताएको छ ।  नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने बताए । ‘पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ,’ बैठकपछि गुरुङले भने । उनले एमसीसी संसदमा लैजान ...